

कतारको दोहामा हुनेछ एसियाली खेलकुदको २१ औं संस्करण



खेल, पुस २

याली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार ओमानको मस्कटस्थित जेडब्लू मेरियट होटलमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को साधारण सभाका क्रममा भएको ४५ राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिको मतका आधारमा सन् २०३० का लागि कतारले एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो ।
एनओसीका अनुसार कतारको दोहाले सर्वाधिक मत प्राप्त गरेको छ, जहाँ दोहाले २७, रियादले १० मत प्राप्त गरेको थियो भने ८ मत कसैको पक्षमा परेन । दोहाले यसअघि सन् २००६ मा एसियाली खेलकुद आयोजना गरेको थियो । यसैबीच सन् २०३४ मा हुने एसियाली खेलकुदको २२ औं संस्करणको आयोजनाको जिम्मेवारी रियादले पाएको छ । आउने १४ वर्षसम्मका लागि एसियाली खेलकुद आयोजनाको जिम्मेवारीको निधो भइसकेको छ । एसियाली खेलकुदको १९ औं संस्करण २०२२ मा चीनको हान्झौमा हुदैछ । त्यस्तै, २० औं संस्करण सन् २०२६ मा जापानको आइची–नागोयामा आयोजना हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया