

विदेशको पसिना, घरको व्यवस्थापन : परिवारलाई सिकाउँदै बुद्धभूमि



बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा संचालन
पूर्णचन्द्र परियार, बुद्धभूमि
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा संचालन गरिएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित पुरेनामा सुरु भएको उक्त कार्यक्रममा वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श प्रदान गरिनेछ। साताको एक दिन सञ्चालन हुने यो कार्यक्रम २१ हप्ता सम्म चल्ने जनाइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले उचित परामर्श र जानकारीको अभावमा नेपालीहरूले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या तथा कष्ट भोग्नुपरेको बताए । वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए ।
उनले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक मेनपावर कम्पनीमार्फत जान तथा आवश्यक कागजात सुरक्षित राख्न आग्रह गरेका छन् । साथै, वैदेशिक रोजगारीका क्रममा कुनै समस्या परेमा नगरपालिकासँग पनि समन्वय गर्न सकिने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेय, वडा नम्बर ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।
नगरपालिकाले हरेक वर्ष वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको रोजगार संयोजक रविन चौधरीले बताए । चौधरीका अनुसार वैदेशिक रोजगारीमा जाने क्रममा आवश्यक सावधानी नअपनाउँदा अझै पनि धेरै परिवारले विभिन्न समस्या भोग्नुपरेको छ।
नगरपालिकाका वडा नम्बर २, ४ र ९ मा समेत उक्त कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।


खबर सबै
-
विदेशको पसिना, घरको व्यवस्थापन : परिवारलाई सिकाउँदै बुद्धभूमि
-
अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीयसहित ५ जना पक्राउ
-
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा, देशभरका नयाँ सङ्क्रमितमध्ये २५ प्रतिशत यहीँका
-
घट्दै कोदो खेती
-
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित ‘१७औँ कपिलवस्तु महोत्सव’काे तयारी
-
घट्दै कोदो खेती
-
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित ‘१७औँ कपिलवस्तु महोत्सव’काे तयारी
-
पाल्पाको तिनाउमा आजदेखि सत्यवती मेला, चिच्याएर वर माग्नेको घुइँचो सुरु
-
मंसिर ७ देखि लक्ष्मणघाटमा पूर्णिमा मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम
-
प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने







प्रतिक्रिया