बाणगंगाका बजार अब शनिबार बन्द हुने

बाणगंगा नगरपालिकाका बजार क्षेत्र भोली शनिबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् ।

बाणगंगाका बजार क्षेत्र शनिबार बजार बन्द हुने गरेको भए पनि दशै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरि शनिबार खुला गरिएको कपिलवस्तु उद्योग बाणिज्य सघंले जनाएको छ ।

अवबाट शनिबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।

साथै कपिलवस्तु उद्योग बाणिज्य सघंले ब्यवसायीलाई आफनो फर्म तथा पसल सघंमा नविकरण गरी परिचय पत्र लिनुहुन अनुरोध गरेको छ । सो परिचय पत्रनै महोत्सवको प्रवेश पास समेत हुने अध्यक्ष क्षेत्रीले बताए । सघंको कार्यालय, क्षेत्रगत सदस्य तथा क्षेत्रगत उपसमितिबाट सदस्यता नविकरण गर्न सकिनेछ ।

प्रतिक्रिया

खबर सबै