

क्यानले भन्यो- सिट क्षमता सीमित भएकाले टिकट छिट्टै ‘सोल्ड आउट’ भयो



नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएल-३ को फाइनलको टिकट सिट क्षमताका कारण छोटो समयमा ‘सोल्ड आउट’ भएको जनाएको छ ।
बिहीबार टिकट पार्टनर खल्तीले फाइनलको टिकट बिक्री खुलाएको केही मिनेटमै टिकट सोल्ड आउट भएको थियो । उक्त कुरालाई लिएर व्यापक जनगुनासो आएपछि क्यानले विज्ञप्ति जारी गर्दै सिट क्षमता सीमित भएका कारण छोटो समयमा सोल्ड आउट भएको जनाएको हो ।
“नेपाल प्रिमियर लिगको यही मिति २०८३ मंसिर ५ गते हुने फाइनल खेलको टिकट बिक्री खुला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोज्नुभएको तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी गराउँदछौँ,’’ सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
क्यानका अनुसार, बिक्री सुरु भएको समयमा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेका थिए ।
क्यानले यो असुविधाप्रति दर्शकमाँझ माफी पनि मागेको छ । साथै, संघले समर्थकहरूलाई अनलाईन् एवम् आधिकारिक प्लेटफर्महरूमार्फत प्रतियोगिता हेर्न आह्वान गरेको छ ।
भोलि बुहप्रतिक्षित फाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदै छ । फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् ।


खबर सबै
-
पाल्पाको तिनाउमा आजदेखि सत्यवती मेला, चिच्याएर वर माग्नेको घुइँचो सुरु
-
मंसिर ७ देखि लक्ष्मणघाटमा पूर्णिमा मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम
-
प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने
-
बाणगंगाका बजार अब शनिबार बन्द हुने
-
क्यानले भन्यो- सिट क्षमता सीमित भएकाले टिकट छिट्टै ‘सोल्ड आउट’ भयो
-
एनपीएलको तेस्रो सिजनको फाइनलमा लुम्बिनी
-
बाणगंगाका बजार अब शनिबार बन्द हुने
-
क्यानले भन्यो- सिट क्षमता सीमित भएकाले टिकट छिट्टै ‘सोल्ड आउट’ भयो
-
एनपीएलको तेस्रो सिजनको फाइनलमा लुम्बिनी
-
जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित
-
१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य
-
एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया