

भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा



कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित पडरियामा बिहिबार राति दुई समुहबिच कुटाकुट हुँदा एक जना घाइते भएका छन् । अर्का एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देउसी भैलोका क्रममा सोही वडाको विभिन्न टोलमा बस्ने युवाहरुका बिचमा झगडा उत्पन्न भई कुटाकुट भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार झगडा पछिको कुटाकुटमा वडा नम्बर ९ पडरिया बस्ने वर्ष २६ संजित गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । गुरुङको हाल भैरहवामा उपचार भइरहेको जनाइएको छ ।
यस्तै सोही घटनामा संलग्न रहेको आरोपममा प्रहरीले बाणगंगा ९ बर्दहवा बस्ने वर्ष २४ को राजन खनाल लाई नियन्त्रण्मा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार युवाहरुको दुई समुहका बिचमा सामान्य विषयमा भएको झगडाका आधारमा विवादले ठूलो रुप लिए पछि उक्त घटना भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनामा संलग्न अन्य केही युवाहरुको खोज भइरहेको प्रहरीले जनाएको छ ।
वडा नम्बर ९ का स्थानीयहरुका अनुसार बिहिबार राती करिब ११ बजे देखि १२ बजे समयको बीचमा कपिलवस्तु जिल्ला अन्तर्गत वाणगङ्गा नगरपालिका – ९ , पडरिया स्थित संगमचोकमा देउसी – भैलो खेल्ने क्रममा स्थानीय युवाहरू बीच झैझगडा र कुटाकुट हुँदा केहि युवा घाइते भएका र एकजना गम्भीर घाइते भएका बताए ।
गम्भीर घाइते भएका स्थानीय एक युवालाई स्थानीय मेडिकल र अस्पतालमा उपचार हुन नसकी बुटवल रिफर गरिएको र उनलाई आईसीयुमा राखी उपचार भईरहेको छ । रातिको समयमा अत्याधिक मादक पदार्थ सेवन गरि युवाहरू बीच हुने यस्ता खालका अपराधीक क्रियाकलापले स्थानीयवासी निकै चिन्तित र त्रसित बनेको पनि बताएका छन् ।


खबर सबै
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा







प्रतिक्रिया