दाङ : खोलामा डुबेर एक युवकको मृत्यु

 दाङमा एक जना पुरुषको खोलामा डुबेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कटुवाखोलामा डुबेका  घोराही उपमहानगरपालिका–१७  श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभयो । 

प्रहरी नायब उपरीक्षक केसीका अनुसार बिहीवार दिउँसो करिब १२ : १५ बजे कुटुवाखोलामा डुबिरहेको अवस्थामा प्रहरीले उद्धार गरेर घोराहीस्थ्ति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याएको थियो । गम्भीर घाइते विष्टलाई दिउँसो १ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको उहाँ बताउनुहुन्छ । 

प्रतिक्रिया

खबर सबै