

प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित



बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरमा सम्पन्न प्रथम वडा स्तरीय रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक प्रयास सामाजिक युवा क्लब भर्तापुरले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा युनाइटेड एफसी पडरियालाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले आफ्नै मैदानमा उपाधि उचालेको हो।
रोमाञ्चक प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले गोलका लागि प्रयास गरे पनि पहिलो हाफमा सफलता हात पार्न सकेनन्।
दोस्रो हाफमा भने प्रयास सामाजिक युवा क्लबले खेलमा आफ्नो पकड बलियो बनाउँदै दुई गोल गर्न सफल भयो। खेलका क्रममा पेनाल्टीको अवसर सदुपयोग गर्न नसकेको भर्तापुरले त्यसलगत्तै पहिलो गोल गर्दै अग्रता लिएको थियो। खेलको अन्तिम समयमा थप एक गोल गरेपछि आयोजक टोलीले पडरियाविरुद्ध २–० को जित सुनिश्चित गर्दै उपाधि आफ्नो नाममा लेखायो।
उपाधिसँगै प्रयास सामाजिक युवा क्लबले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र रनिङ कप प्राप्त गरेको छ। उपविजेता युनाइटेड एफसी पडरियाले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको छ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक तथा म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
बाणगंगा नगरपालिका–९ वडा कार्यालयको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा पुरस्कारको सौजन्य अमृते सामुदायिक वन उपभोक्ता समूह र कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहले गरेका थिए। प्रतियोगिताका ट्रफी तथा मेडल स्थानीय क्लबका सदस्यहरूले सौजन्य गरेका थिए।
प्रतियोगिताको समापन समारोहमा बाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेल, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसाल, संगम टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर खनाल तथा समाजसेवी गोपाल गिरीलगायतको उपस्थिति रहेको थियो।
यस अवसरमा आयोजक प्रयास सामाजिक युवा क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानपत्र र कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।
स्थानीयस्तरमा फुटबल खेलको विकास, युवाबीच आपसी सद्भाव अभिवृद्धि तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बाणगंगा नगरपालिका–९ भित्रका विभिन्न टोलका १४ टोलीको सहभागिता रहेको थियो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया