नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व


साझाकुरा भलवाड ।
नेपाली कांग्रेस बाणगंगा ९ वडा कार्यसमितिको सभापतिमा दिपक कुमार थापा निर्वाचित भएका छन् । आइतबार जिनुवामा सम्पन्न पार्टीको वडा कार्यसमितिको अधिवेशनबाट थापालाई नेपाली कांग्रेस वडा कार्यसमितिको सभापतिको नेतृत्व प्रदान गरिएको हो ।
थापाको वडा सभापतिको दाबेदारीमा नि.वर्तमान वडा सभापति भुवनेश्वर पौडेल प्रस्तावकमा बसेका थिए भने खेलराज पौडेल समर्थकमा थिए ।


थापा वडा सभापतिमा निर्वाचित भएसँगै नेपाली कांग्रेस बाणगंगा ९ वडा कार्यसमितिको उप सभापतिमा हुमलाल पौडेल र शुस्मा थापा निर्वाचित भएका छन भने सचिवमा बिक्रम प्रसाद पौडेल, सह सचिव रेशम प्रसाद आचार्य रहेका छन् ।

यस्तै सदस्यहरुमा ६ जना पछि मनोनित गर्ने गरी अधिवेशनले वडा कार्यसमितिको सदस्यहरुमा क्रमशः तिलमाया खड्का, लक्ष्मी खत्री, रनबहादुर सुनार, बासुदेव पोख्रेल, दामोदर भुसाल, खडानन्द बञ्जाडे, लक्ष्मी प्रसाद पोख्रेल र जीवनारायण पौडेललाई चयन गरेको छ ।


यस्तै नगर सदस्यमा लक्ष्मण रायमाझी र सरस्वती गैरे पौडेल चयन भएका छन् । अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा ३३ जना छनोटमा परेको जनाइएको छ ।


नेपाली कांग्रेस वडा नम्बर ९ वडा कार्यसमितिको अधिवशेन जिनुवा स्थित खोजिपुर सामुदायिक वनको सभाहल जिनुवामा भएको थियो ।

प्रतिक्रिया

खबर सबै