

सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान



बर्दियाको सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। मृतक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ चिसापानीकी २७ वर्षीया उमा ज्ञवाली रहेको खुलेको हो। शनिबार बेलुकीपख श्रीमान् सुवास न्यौपानेले शवको सनाखत गरेका हुन्।
भदौ २५ गते बेलुकी साढे ५ बजेतिर उमा घरबाटै बेपत्ता भएको घर परिवारले बताएका छन्। शुक्रबार बर्दियाको गेरुवा गाउँपालिका –६ सोनाहाफाँटस्थित मनाउदेखि टपरा जाने सिँचाइ कुलोमा शव फेला परेको थियो।
गेरुवा – ५ का स्थानीय तीर्थबहादुर सुनारले शव पानीबाट निकालेर प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षक भूपेन्द्रकुमार बुढाथोकीको नेतृत्वका टोली घटनास्थल पुगेको थियो ।
सोही प्रहरी टोलीले शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बर्दिया पुर्याएको थियो । श्रीमान् सुवासका अनुसार उनकी श्रीमती मृतक उमा मानसिक रुपमा बिरामी थिइन्। उनले औषधि पनि सेवन गर्दै आएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया