

सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान



बर्दियाको सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। मृतक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ५ चिसापानीकी २७ वर्षीया उमा ज्ञवाली रहेको खुलेको हो। शनिबार बेलुकीपख श्रीमान् सुवास न्यौपानेले शवको सनाखत गरेका हुन्।
भदौ २५ गते बेलुकी साढे ५ बजेतिर उमा घरबाटै बेपत्ता भएको घर परिवारले बताएका छन्। शुक्रबार बर्दियाको गेरुवा गाउँपालिका –६ सोनाहाफाँटस्थित मनाउदेखि टपरा जाने सिँचाइ कुलोमा शव फेला परेको थियो।
गेरुवा – ५ का स्थानीय तीर्थबहादुर सुनारले शव पानीबाट निकालेर प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षक भूपेन्द्रकुमार बुढाथोकीको नेतृत्वका टोली घटनास्थल पुगेको थियो ।
सोही प्रहरी टोलीले शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बर्दिया पुर्याएको थियो । श्रीमान् सुवासका अनुसार उनकी श्रीमती मृतक उमा मानसिक रुपमा बिरामी थिइन्। उनले औषधि पनि सेवन गर्दै आएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया