

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते



सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
लु प्रदेश ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहान करिब ८:०० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय बालक रेशम बुढाथोकी र वडा नं ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्। उनीहरूलाई अस्पताल पुर्याउनासाथ बिहान १०:२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही ठाउँका २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्ली बहादुर वली र वडा नं ६ की ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्। घाइतेहरूलाई त्रिवेणी हेल्थ केयर लुहाममा प्राथमिक उपचारपछि थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।


खबर सबै
-
खोरमा अड्किएको चितुवाको उद्धार
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ






प्रतिक्रिया