

रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग



कपिलवस्तु : रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि शुद्धोदन जनजीवन माध्यमिक विद्यालय, वाणगंगा–९, जिनुवाले रु. १ लाख ३० हजार ९ सय सहयोग गरेको छ।
विद्यालयले मानवीय सेवाको भावनासहित सञ्चालन गरेको सहयोग अभियानमा शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। बाढीपीडितको पीडामा साथ दिने उद्देश्यले संकलित उक्त रकम मानवीय सहयोगका रूपमा प्रदान गरिएको विद्यालयले जनाएको छ।
प्राकृतिक विपत्तिका बेला पीडित परिवारलाई राहत पुर्याउन समुदायको सामूहिक प्रयास आवश्यक रहेको भन्दै विद्यालयले सहयोग अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।
विद्यालयले “सानो सहयोग, ठूलो आशा” भन्ने भावनासहित गरिएको यस सहयोगले विपत्तिमा परेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया