रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग

कपिलवस्तु : रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि शुद्धोदन जनजीवन माध्यमिक विद्यालय, वाणगंगा–९, जिनुवाले रु. १ लाख ३० हजार ९ सय सहयोग गरेको छ।

विद्यालयले मानवीय सेवाको भावनासहित सञ्चालन गरेको सहयोग अभियानमा शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। बाढीपीडितको पीडामा साथ दिने उद्देश्यले संकलित उक्त रकम मानवीय सहयोगका रूपमा प्रदान गरिएको विद्यालयले जनाएको छ।

प्राकृतिक विपत्तिका बेला पीडित परिवारलाई राहत पुर्‍याउन समुदायको सामूहिक प्रयास आवश्यक रहेको भन्दै विद्यालयले सहयोग अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।

विद्यालयले “सानो सहयोग, ठूलो आशा” भन्ने भावनासहित गरिएको यस सहयोगले विपत्तिमा परेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

खबर सबै