

रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा



रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
साझा कुरा कपिलवस्तु ।
नेपाल–चीन सीमा क्षेत्र रसुवाको भोटेकोसी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्मान तथा आत्मशान्तिको कामना गर्दै कपिलवस्तुको बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरिएको छ।
बाणगंगा नगरपालिका–२, पिपरास्थित वडा स्तरिय युवा क्लबको आयोजनामा भदौ २२ गते सोमबार साँझ ६ः३० बजे बाणगंगा–२, नन्दनगरस्थित मनकामना संस्कृति गुरुकुल विद्यालयमा कार्यक्रम गरिएको हो।

क्लबका अध्यक्ष विमल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा १०८ जना वटुकद्वारा दिवंगत आत्माको शान्तिको कामना गर्दै पाठ तथा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले रसुवा बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद पौडेल, वडा सदस्य झिमलाल सापकोटा, उद्योग व्यापार संघ कपिलवस्तुका निवर्तमान अध्यक्ष खिमानन्द पौडेल, समाजसेवी तथा युवा व्यवसायी एवं लायन्स क्लब कपिलवस्तुका निवर्तमान अध्यक्ष नारायण पौडेल, वडा सचिव नरेन्द्रप्रसाद पोख्रेल तथा मनकामना संस्कृति गुरुकुल विद्यालयका प्राचार्य कृष्ण पोख्रेललगायतको उपस्थिति रहेको थियो।
विभिन्न वन समुदाय, संघसंस्था तथा स्थानीय संस्थाका अध्यक्ष र प्रतिनिधिसहित कार्यक्रममा करिब ३२० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन क्लबका निवर्तमान अध्यक्ष विवेक वि.सी.ले गर्नुभएको थियो।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया