

ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’



नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेको हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रु नभएसम्म टनेलमा खोज तथा उद्धारको काम जारी रहने बताउनुभयो। उहाँका अनुसार तीव्रताका साथ निरन्तर खोजी भइरहेको छ ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा करिब १२१ जना नागरिक फसेको अनुमान सेनाले गरेको उहाँले जानकारी दिनुभयो। रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाको प्रतिनिधिसहितको टोली ‘पावरहाउस’ तथा ‘कन्ट्रोल प्वाइन्ट’ (नियन्त्रण कक्ष) सम्म पुगेर खोजी गरेको सहायक रथी थापाले बताउनुभयो।
नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा बाँडेर अघि बढाएको जनाएको छ। यसैगरी सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनबमोजिम विपद्सँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार भइरहेको जानकारी दिनुभयो ।
“नेपाली सेनाले नेपाल सरकारको निर्देशनबमोजिम विपद्मा सहयोग गर्ने सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरेर कार्य गरिरहेको छ । हवाई, जमिन र टनेल खोज तथा उद्धार तीनवटा क्षेत्रमा बाँडेर काम गरिरहेका छौँ” उहाँले भन्नुभयो।
सहायक रथी बस्नेतले विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग सहकार्य गरी उद्धारकार्य अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता भएका छन्।
सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको जानकारी दिनुभयो । अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत पुर्याउनु पर्ने केही स्थानमा राहत लैजान नसकिएको उहाँले बताउनुभयो ।
त्यस्ता क्षेत्रमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकारसँग निरन्तर समन्वय गरी राहत वितरणको काम अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।
विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार निरन्तर भइरहेको जानकारी दिँदै डा. उप्रेतीले छिमेकी मुलुकसँग समन्वय गरी खोज, उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको बताउनुभयो । राज्यको तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई २४ घण्टा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। रासस


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया