

बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक



बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) भएका कारण नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बेलाबेलामा रकम तानिरहेको छ ।
यसैक्रममा आज (भदौ १८) राष्ट्र बैंकले तीन महिनाका निम्ति १८ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । राष्ट्र बैंकले यही भदौ १५ गते पनि तीन महिनाका निम्ति २० अर्बरुपैयाँको निक्षेप संकलन गरेको थियो ।
अनलाइनमार्फत उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदै छ । यसको ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण गरिनेछ । उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी आउँदो मंसिर १६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया