बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) भएका कारण नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बेलाबेलामा रकम तानिरहेको छ ।

यसैक्रममा आज (भदौ १८) राष्ट्र बैंकले तीन महिनाका निम्ति १८ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । राष्ट्र बैंकले यही भदौ १५ गते पनि तीन महिनाका निम्ति २० अर्बरुपैयाँको निक्षेप संकलन गरेको थियो ।

अनलाइनमार्फत उक्त निक्षेपको बोलकबोल आजै दिउँसो ३ बजे हुँदै छ । यसको ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण गरिनेछ । उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी आउँदो मंसिर १६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास र वित्त कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन् । 

प्रतिक्रिया

खबर सबै