

भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री



रसुवाको भोटेकोसीमा आएको बाढीपछि भारतले चौथोपटक राहत सामग्री पठाएको छ ।
भारतको विदेश मन्त्रालयले ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपालमा अवतरण भएको जानकारी दिएको छ । राहत सामग्री हस्तान्तरण गरिएको पनि जनाएको छ ।
मन्त्रालयका अनुसार चौथोपटकमा भारतले खोज तथा उद्धार कार्यका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली पनि पठाइएको छ ।
त्यस्तै, डीएनए विश्लेषणका लागि फोरेन्सिक विज्ञहरूको टोली र कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ किटसहितका राहत सामग्रीहरू समावेश रहेका भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, थप २३० फिट सिंगल लेन मोड्युलर स्टील पुलको लागि उपकरण बोकेका १६ ट्रकहरू नेपाल आइपुगेका पनि जानकारी दिइएको छ ।
थप सात बेली ब्रिजहरू स्थापनाका लागि उपकरणहरू चाँडै आपूर्ति गरिनेछ। तिनीहरूको स्थापनाका लागि प्राविधिक टोलीहरू चाँडै पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया