

मनसुन सक्रिय : अझै तीन दिन भारी वर्षाको पूर्वानुमान



देशका केही स्थानमा अझै तीन दिन (साउन १८–२०) भारी वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार (साउन १८) दिउँसो देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
“कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाले भनेको छ ।
- मौसमविद्लाई प्रश्न– काठमाडौंमा आज धेरै भारी वर्षा हुन्छ ?
यस दिन राति कोसी, वाग्मती र गण्डकीका हिमाली, पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । “कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाले भनेको छ ।
मंगलबार (साउन १९) कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडी तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।
बुधबार (साउन २०) कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी पार्ने मनसुन प्रणाली हाल सक्रिय अवस्थामा छ । मनसुन सक्रिय हुँदा देशभर वर्षाको गतिविधि बढेको महाशाखाले जनाएको छ ।
“हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ,” महाशाखाले भनेको छ, “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेको छ ।”
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि यो हप्ता तराईसहित नेपालभरि ‘राम्रै’ वर्षा हुने औँल्याएका छन् ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति’ भारी वर्षा भनिने विभागले जनाएको छ ।



खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया