

मनसुन सक्रिय : अझै तीन दिन भारी वर्षाको पूर्वानुमान


देशका केही स्थानमा अझै तीन दिन (साउन १८–२०) भारी वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार (साउन १८) दिउँसो देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।
“कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाले भनेको छ ।
- मौसमविद्लाई प्रश्न– काठमाडौंमा आज धेरै भारी वर्षा हुन्छ ?
यस दिन राति कोसी, वाग्मती र गण्डकीका हिमाली, पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । “कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाले भनेको छ ।
मंगलबार (साउन १९) कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडी तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।
बुधबार (साउन २०) कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी पार्ने मनसुन प्रणाली हाल सक्रिय अवस्थामा छ । मनसुन सक्रिय हुँदा देशभर वर्षाको गतिविधि बढेको महाशाखाले जनाएको छ ।
“हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ,” महाशाखाले भनेको छ, “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेको छ ।”
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि यो हप्ता तराईसहित नेपालभरि ‘राम्रै’ वर्षा हुने औँल्याएका छन् ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति’ भारी वर्षा भनिने विभागले जनाएको छ ।



खबर सबै
-
भदौदेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय
-
लाइसेन्स लिन पुगेका सेवाग्राही हैरान, टोकन नपाई घर फर्किन बाध्य
-
सामुदायिक वनबाट कसरी भेटियो २१ थान भरूवा बन्दुक ?
-
रुपन्देहीमा नक्कली नोटको बिगबिगी, भारतीय नक्कली नोटसहित २ जना पक्राउ
-
सात वर्षको विश्वास, सत्यको यात्राः ईसाझाकुराको गौरवपूर्ण अध्याय
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
रुपन्देहीमा नक्कली नोटको बिगबिगी, भारतीय नक्कली नोटसहित २ जना पक्राउ
-
सात वर्षको विश्वास, सत्यको यात्राः ईसाझाकुराको गौरवपूर्ण अध्याय
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन






प्रतिक्रिया