निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या घटाउन कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एकीकृत निर्देशन, २०८२ संशोधन तथा परिमार्जन गर्दै ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई यस्तो निर्देशन जारी गरेको हो।

संशोधित निर्देशनअनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायतका माध्यमबाट नियमित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी, निष्क्रिय भएका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक छ महिनामा ग्राहकलाई फोन, एसएमएस वा इमेलमार्फत सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्नेछ।

राष्ट्र बैंकले ग्राहकले आफ्नो खाता नेपालभरका जुनसुकै शाखा कार्यालयबाट वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत सहज रूपमा बन्द गर्न सक्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया

खबर सबै