

अर्जेन्टिना र इजिप्ट १८ वर्षपछि आमने–सामने हुँदै

साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को अन्तिम–१६ मा अफ्रिकन टोली इजिप्टको सामना गर्दै छ । अपराजित दुई टोलीबीचको खेल नेपाली समयअनुसार मंगलबार राति ९ः४५ मा एटलान्टामा सुरु हुनेछ ।
अर्जेन्टिना र इजिप्ट १८ वर्षपछि आमने–सामने हुँदै छन् । विश्वकपमा भने यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन् ।
हाल फिफा वरीयतामा अर्जेन्टिना दोस्रो र इजिप्ट २४औँ स्थानमा छन् । अर्जेन्टिना उपाधि रक्षा अभियानमा हुँदा इजिप्ट पहिलोपटक अन्तिम–१६ मा प्रतिस्पर्धा गर्दै छ । यो खेलको विजेताले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियासँगको विजेतासँग भिड्नेछ ।
अन्तिम–३२ मा केप भर्डेविरुद्ध ३–२ को कठिन जित निकालेको अर्जेन्टिना इजिप्टविरुद्ध भने केही सजग भएर खेल्नेछ ।
अर्जेन्टिनाले विश्वकपका पछिल्ला १० खेलमा हार व्यहोरेको छैन । सन् २०२२ को पहिलो खेलमा हार व्यहोरेयताका सबै खेलमा अर्जेन्टिनाले जित निकालेको छ । टोलीका लागि कप्तान लियोनल मेसीले सर्वाधिक सात गोल गरेका छन् । विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम गरेका मेसीले पछिल्ला आठ खेलमा गोल गरेका छन् ।
जारी विश्वकपमा अर्जेन्टिनाले हालसम्म ११ गोल गर्दा तीन गोल व्यहोरेको छ ।
मेस्सीबाहेकका अन्य फरवार्ड चल्न नसक्नु अर्जेन्टिनाका लागि समस्याको विषय हुन सक्छ । त्यसैगरी पछिल्लो खेलमा रक्षापंतिमा पनि केही समस्या देखिएको थियो । यो टोलीका लागि घातक बन्न सक्छ ।
लाउटारो मार्टिनेज, जुलियन अल्भारेजजस्ता खेलाडीबाट अपेक्षाअनुसारको प्रदर्शन भइरहेको छैन ।
यता, इजिप्ट पनि अर्जेन्टिनालाई स्तब्ध पार्दै पहिलोपटक क्वार्टरफाइनलको यात्रा तय गर्ने लक्ष्यमा छ । इजिप्टले अन्तिम–३२ को खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।
स्टार खेलाडी भए पनि इजिप्ट फिनिसिङमा चुकिरहेको छ । टोलीले हालसम्म जम्मा ६ गोल मात्र गर्न सकेको छ । टोलीको रक्षापंतिमा पनि समस्या देखिएको छ, जसका कारण टोलीले चार गोल व्यहोरिसकेको छ ।
अर्जेन्टिनाविरुद्ध सानो गल्ती पनि इजिप्टका लागि भारी पर्न सक्छ । त्यसैले टोलीले सजग भएर खेल्नुपर्ने हुन्छ । टोलीका स्टार खेलाडी मोहम्मद सलाह, ओमर मर्मोसजस्ता खेलाडीबाट सोचेअनुसारको प्रदर्शन हुन सकिरहेको छैन ।
‘हेड टु हेड’
हालसम्म अर्जेन्टिना र इजिप्टबीच दुई खेल भएको छ । जसमा दुवै खेल अर्जेन्टिनाले आफ्नो पक्षमा पारेको छ । सन् २००८ को पछिल्लो भेटमा अर्जेन्टिनाले २–० को जित निकालेको थियो ।
‘प्लेयर्स टु वाच’
लियोनल मेसी (अर्जेन्टिना)
लियोनल मेसी यस विश्वकपमा सबैभन्दा चर्चित र हेर्न लायक खेलाडी हुन् । उनको नाममा सर्वाधिक ३० खेल खेल्ने, सर्वाधिक २० गोल, लगातार आठ खेलमा गोल गर्ने, सर्वाधिक ६ विश्वकप खेल्ने जस्ता विभिन्न कीर्तिमान बनाइसकेका छन् ।
उच्च लयमा रहे पनि अन्य खेलाडीको प्रदर्शन सोचेअनुसार नहुँदा मेसीमाथि दबाब भने बढेको छ ।
मोहम्मद सलाह (इजिप्ट)
इजिप्टका कप्तान मोहम्मद सलाहबाट पनि अपेक्षा गरिएअनुसारको प्रदर्शन हुन सकिरहेको छैन । तर, उनी जुनसुकै बेला पनि खतरनाक बन्न सक्ने खेलाडी हुन् ।
यो विश्वकपमा सहालले एक गाेल मात्र गरेका छन् । यदि उनले आफ्नो स्वाभाविक लय समात्न सके अर्जेन्टिनाका लागि मुख्य समस्या बन्न सक्छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया