

कपिलवस्तुमा १० लाखको अवैध सामान बरामद



सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुले भारतबाट भन्सार छलेर भित्र्याइएका नाै लाख ८० हजार २५० रुपैयाँबराबरको सामान बरामद गरेको छ। किराना सामान, रासायनिक मल, कस्मेटिक सामग्री, भैँसीका पाडासहित ढुवानीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि कृष्णनगर र सुठौली भन्सार कार्यालय पठाइएको गणले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी र भन्सार छलीलाई रोक्न सशस्त्र प्रहरी अहोरात्र खटिएको सशस्त्र प्रहरी बल २८ नम्बर गण हेडक्वार्टरका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया