

सांसदलाई ‘ड्रेस कोड’ : सांस्कृतिक पोसाक वा कोट अनिवार्य

संसद्मा सांस्कृतिक पोसाक नलगाउने सांसदले कोट अनिवार्य लगाउनुपर्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सांसदलाई ड्रेस कोड तोकेका हुन् ।
तोकिएको ‘ड्रेस कोड’मा नआउने सांसदलाई सदनमा प्रवेश निषेध तथा रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिएका छन् । “सांसदको पोसाकबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ । सभामुखले आजको बैठकमार्फत सांस्कृतिक झल्कने पोसाक लगाउन पाउने, नभए कोट अनिवार्य हुनुपर्ने बताउनुभएको छ । त्यस्तो पोसाकमा नआए रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिनुभएको छ,” एक सांसदले भने ।
त्यस्तै, लोगो अनिवार्य लगाउनुपर्ने स्मरण गराए । सभामा सांसद उपस्थित हुन नसके जानकारी गराउनुपर्ने भएको छ । बैठकमा विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका थिए । उनीहरूको मागमा सभामुख अर्यालले सहमति जनाए ।
उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक, सचेतकले भूमिका खेल्नुपर्ने बताए । “विपक्षीतर्फ उठेको कुरामा यहाँहरूले भूमिका खेल्नुपर्यो,” सभामुखले भनेका छन् । त्यस्तै, विशेष समयको समय पनि बढाइएको छ ।


खबर सबै
-
अर्जेन्टिना र इजिप्ट १८ वर्षपछि आमने–सामने हुँदै
-
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
-
खडेरीले चापाकल सुकेपछि शिवराजमा हाहाकार
-
कपिलवस्तुमा १० लाखको अवैध सामान बरामद
-
नेपाल-भारत सिमा नाका बेलहियामा पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने
-
सांसदलाई ‘ड्रेस कोड’ : सांस्कृतिक पोसाक वा कोट अनिवार्य
-
कपिलवस्तुमा १० लाखको अवैध सामान बरामद
-
नेपाल-भारत सिमा नाका बेलहियामा पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने
-
सांसदलाई ‘ड्रेस कोड’ : सांस्कृतिक पोसाक वा कोट अनिवार्य
-
लायन्स क्लव अफ कपिलवस्तु : वृक्षरोपण गरी वर्ष २०२६/२७ को सेवायात्रा सुभारम्भ
-
गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा






प्रतिक्रिया