

सांसदलाई ‘ड्रेस कोड’ : सांस्कृतिक पोसाक वा कोट अनिवार्य



संसद्मा सांस्कृतिक पोसाक नलगाउने सांसदले कोट अनिवार्य लगाउनुपर्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सांसदलाई ड्रेस कोड तोकेका हुन् ।
तोकिएको ‘ड्रेस कोड’मा नआउने सांसदलाई सदनमा प्रवेश निषेध तथा रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिएका छन् । “सांसदको पोसाकबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ । सभामुखले आजको बैठकमार्फत सांस्कृतिक झल्कने पोसाक लगाउन पाउने, नभए कोट अनिवार्य हुनुपर्ने बताउनुभएको छ । त्यस्तो पोसाकमा नआए रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिनुभएको छ,” एक सांसदले भने ।
त्यस्तै, लोगो अनिवार्य लगाउनुपर्ने स्मरण गराए । सभामा सांसद उपस्थित हुन नसके जानकारी गराउनुपर्ने भएको छ । बैठकमा विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका थिए । उनीहरूको मागमा सभामुख अर्यालले सहमति जनाए ।
उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक, सचेतकले भूमिका खेल्नुपर्ने बताए । “विपक्षीतर्फ उठेको कुरामा यहाँहरूले भूमिका खेल्नुपर्यो,” सभामुखले भनेका छन् । त्यस्तै, विशेष समयको समय पनि बढाइएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया