

विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा


फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलहरु सकिएको छ। यो सँगै २३ औं संस्करणको विश्वकपले आफ्नो अन्तिम १६ टोली पाएको छ।
अन्तिम १६ का खेलहरु शनिबार रातीबाट सुरु हुँदैछन्। शनिबार बिहान भएको कोलम्बिया र घानाको खेल राउन्ड अफ ३२ को अन्तिम खेल थियो। जसमा कोलम्बियाले घानालाई १–० ले पराजित गरेको हो।
शनिबार भएको खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्यो। दोस्रो खेलमा साविक विजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध निकै संघर्षपूर्ण जित दर्ता गर्यो।
राउन्ड अफ १६ को पहिलो खेलमा क्यानडा र मोरक्कोले खेल्नेछन्। यी दुई टोलीले शनिबार(आज) राती १०ः४५ मा ह्युस्टन स्टेडियममा खेल्नेछन्।
पराग्वे र फ्रान्सले भोली बिहान २ः४५ मा खेल्नेछन्। अन्तिम १६ को खेलहरु आगामी हप्ता बुधबार सकिन्छ। बिहीबार एकदिन रेस्ट डे रहेको छ। शुक्रबारबाट विश्वकप २०२६ को क्वाटरफाइनलको खेलहरु सुरु हुनेछ।
राउन्ड अफ १६ को तालिका नेपाली समयानुसार
क्यानडा भर्सेस मोरक्कोः शनिबार राती १०ः४५
पराग्वे भर्सेस फ्रान्सः आइतबार बिहान २ः४५
ब्राजिल भर्सेस नर्वेः सोमबार बिहान १ः४५
मेक्सिको भर्सेस इङ्ल्यान्डः सोमबार बिहान ५ः४५
पोर्चुगल भर्सेस स्पेनः मंगलबार बिहान १२ः४५
अमेरिका भर्सेस बेल्जियमः मंगलबार बिहान ५ः४५
अर्जेन्टिना भर्सेस इजिप्टः मंगलबार राती ९ः४५
स्विट्जरल्यान्ड भर्सेस कोलम्बियाः बुधबार बिहान १ः४५


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया