

विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा



फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलहरु सकिएको छ। यो सँगै २३ औं संस्करणको विश्वकपले आफ्नो अन्तिम १६ टोली पाएको छ।
अन्तिम १६ का खेलहरु शनिबार रातीबाट सुरु हुँदैछन्। शनिबार बिहान भएको कोलम्बिया र घानाको खेल राउन्ड अफ ३२ को अन्तिम खेल थियो। जसमा कोलम्बियाले घानालाई १–० ले पराजित गरेको हो।
शनिबार भएको खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्यो। दोस्रो खेलमा साविक विजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध निकै संघर्षपूर्ण जित दर्ता गर्यो।
राउन्ड अफ १६ को पहिलो खेलमा क्यानडा र मोरक्कोले खेल्नेछन्। यी दुई टोलीले शनिबार(आज) राती १०ः४५ मा ह्युस्टन स्टेडियममा खेल्नेछन्।
पराग्वे र फ्रान्सले भोली बिहान २ः४५ मा खेल्नेछन्। अन्तिम १६ को खेलहरु आगामी हप्ता बुधबार सकिन्छ। बिहीबार एकदिन रेस्ट डे रहेको छ। शुक्रबारबाट विश्वकप २०२६ को क्वाटरफाइनलको खेलहरु सुरु हुनेछ।
राउन्ड अफ १६ को तालिका नेपाली समयानुसार
क्यानडा भर्सेस मोरक्कोः शनिबार राती १०ः४५
पराग्वे भर्सेस फ्रान्सः आइतबार बिहान २ः४५
ब्राजिल भर्सेस नर्वेः सोमबार बिहान १ः४५
मेक्सिको भर्सेस इङ्ल्यान्डः सोमबार बिहान ५ः४५
पोर्चुगल भर्सेस स्पेनः मंगलबार बिहान १२ः४५
अमेरिका भर्सेस बेल्जियमः मंगलबार बिहान ५ः४५
अर्जेन्टिना भर्सेस इजिप्टः मंगलबार राती ९ः४५
स्विट्जरल्यान्ड भर्सेस कोलम्बियाः बुधबार बिहान १ः४५


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया