एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको निम्ति पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेल सोमबार पार्टी पुनर्गठन अभियान लिएर सुर्खेत पुगेका थिए ।

उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल सदस्य छविलाल विश्वकर्माले बाह्रखरीसित भने, “सम्पत्ति शुद्धीकरण विभागको सुर्खेत प्रहरीको सहयोगमा पक्राउ परेको गरेको भन्ने सुनिएको छ । सुर्खेतबाट काठमाडौं ल्याइँदै छ भन्ने कुरा आयो ।”

सुर्खेत प्रहरी स्रोतका अनुसार पौडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको  छ । उनलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।

उनलाई पक्राउ गर्नुअघि विभागले भैँसेपाटीस्थित पौडेलको घरमा छापा मारेको थियो ।

प्रतिक्रिया

खबर सबै