

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने



सरकारले देशभरका सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरी समिति गठनको जानकारी गराएको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार गठित जिल्ला समिति ७ सदस्यीय रहनेछ । जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । समितिको संरचना यस प्रकार तोकिएको छस्
१. अध्यक्ष: प्रमुख जिल्ला अधिकारी
२. सदस्य: प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला भित्रको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत
३. सदस्य: जिल्ला समन्वय अधिकारी
४. सदस्य: जिल्ला सदरमुकामस्थित भूमि प्रशासन कार्यालयका प्रमुख
५. सदस्य: जिल्ला सदरमुकामस्थित डिभिजन वन कार्यालयका प्रमुख
६. सदस्य: जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि
७. सदस्य सचिव: जिल्ला सदरमुकामस्थित नापी कार्यालयका प्रमुख
गत जेठ १९ गते गते मन्त्रिपरिषद्को निर्णयानुसार बलभद्र बास्तोलाको अध्यक्ष रहेको केन्द्रीय समिति बनिसकेको छ ।
नवनियुक्त जिल्ला समितिहरूलाई भूमिसम्बन्धी समस्याहरूको पहिचान र समाधानका लागि कार्यहरू अघि बढाउन निर्देशन दिइएको छ । यसअघि केन्द्र तथा जिल्लास्तरमा भूमि समस्या समाधान आयोगमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । सरकारले हालै अध्यादेशमार्फत् उक्त आयोग खारेज गरिसकेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया