स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गरिने, आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई समेट्ने लक्ष्य

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनःसंरचना गर्ने घोषणा गरेको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

बजेटमार्फत स्वास्थ्य क्षेत्रको सुधारका लागि छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्यसम्बन्धी सम्पूर्ण दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने अर्थमन्त्री वाग्लेले बताए। स्वास्थ्य बीमाको सर्वव्यापीकरण गर्दै आगामी ३ वर्षभित्र ९० प्रतिशत जनसङ्ख्यालाई यसको दायरामा ल्याउने लक्ष्य सरकारले राखेको छ। यस कदमबाट नागरिकको व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा गरिएको छ।

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले भने, “स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ । स्वास्थ्य विमाको सर्वव्यापिकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत स्वास्थ्य विमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौति हुने अपेक्षा राखेका छौ । राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकास्मिक ट्रमा बाट हुने जनधनको क्षति न्युनिकरण गर्नेछौँ।”

यसका साथै, सडक दुर्घटना र आकस्मिक ट्रमाका कारण हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि सरकारले विशेष कदम चाल्ने भएको छ। त्यसका लागि छुट्टै ‘राष्ट्रिय ट्रमा नीति’ तर्जुमा गरी लागू गरिने प्रतिबद्धता समेत अर्थमन्त्री वाग्लेले व्यक्त गरे।

प्रतिक्रिया

खबर सबै