

रुपन्देहीसहित आज तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह


देशका केही स्थानमा आज (जेठ १२) तीव्र हावाहुरीको पूर्वानुमान छ । दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाँच प्रदेशका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान छ । मधेस प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेशका मकवानपुर र चितवनसहित आसपासका जिल्लामा हावाहुरीको सम्भावना छ । गण्डकी प्रदेशका नवलपुर र तनहुँसहित आसपासका जिल्लामा हावाहुरीको पूर्वानुमान छ ।
लुम्बिनी प्रदेशका रुपन्देहीसहित आसपासका जिल्लामा पनि तीव्र गतिको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया