

रुपन्देहीसहित आज तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह



देशका केही स्थानमा आज (जेठ १२) तीव्र हावाहुरीको पूर्वानुमान छ । दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाँच प्रदेशका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान छ । मधेस प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषासहित आसपासका जिल्ला तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेशका मकवानपुर र चितवनसहित आसपासका जिल्लामा हावाहुरीको सम्भावना छ । गण्डकी प्रदेशका नवलपुर र तनहुँसहित आसपासका जिल्लामा हावाहुरीको पूर्वानुमान छ ।
लुम्बिनी प्रदेशका रुपन्देहीसहित आसपासका जिल्लामा पनि तीव्र गतिको हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया