

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित



राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले कीर्गितानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । शुक्राबार भएको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।
नेपालले आज कीर्तिस्तानमाथि पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्यो । त्यसैगरी, खेलको दोस्रो सेटमा नेपालले २५–२० को नतिजा निकाल्दा तेस्रो तथा अन्तिम सेट २५–१३ को अन्तरमा पाखा लगाउँदै जित हासिल गर्न सफल भयो । यस खेलमा नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।
यस जितसँगै नेपालले दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको दुई खेलबाट तीन अङ्क रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल भोलि आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ । यता कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै कीर्तिस्तान, माल्दिभ्स र भारत छन् ।
त्यसैगरी, समूह ‘बी’ मा श्रीलङ्का, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् ।
प्रतियोगितामा आइतबार तीन खेल हुनेछ । पहिलो खेल १२ बजे इरान र श्रीलङ्काबीच हुनेछ भने साढे २ बजे हुने दोस्रो खेलमा काजकिस्तान र बङ्गलादेशवीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, नेपाल र माल्दिभ्सबीचको तेस्रो खेल भने साँझ ५ः०० बजेदेखि सुरु हुनेछ ।


खबर सबै
-
तेस्रो ‘डि.वाई.सी कप फुटबल’: डाइ योङ्लाई हराउँदै राजेश स्मृति फाउण्डेसन सेमिफाइनल प्रवेश
-
जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
-
भारतमा भीषण गर्मी : बिजुली खपतमा कीर्तिमान, चाप बढ्दा ब्ल्याकआउट हुने जोखिम
-
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य
-
कपिलवस्तु सहित यि जिल्लामा ३ दिन सम्म ४० डिग्री गर्मी
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य
-
कपिलवस्तु सहित यि जिल्लामा ३ दिन सम्म ४० डिग्री गर्मी
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए
-
लुम्बिनी प्रदेश नेपालको सबैभन्दा धेरै ‘ख्याउटेपन’ भएको सूचीमा
-
लायन्स क्लब अफ कपिलवस्तुद्वारा “शिव–तुलसा स्मृति छात्रवृत्ति” विद्यार्थीहरुलाई वितरण











प्रतिक्रिया