

सैनामैना : वैकल्पिक सडकमा धुवाँ र धुलो



यहाँको सैनामैना नगरपालिका अन्तर्गत घमाहा पुल भासिएपछि वैकल्पिक मार्गको प्रयोग गर्न थालिएको छ । वैकल्पिक मार्गमा धुवाँ र धुलोको सास्ती भोग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
भत्केको पुल मर्मत गर्ने काम नसकिएपछि वैकल्पिक सडकबाट सवारीसाधन सञ्चालन भएका छन् । वैकल्पिक सडक क्षेत्रमा पर्ने पर्सवाल, मुर्गिया, गङ्गानगर र बुद्धनगर क्षेत्रका स्थानीयले धुवाँ र धुलोबाट सास्ती पाएका छन् । पर्सवालका स्थानीय बासिन्दा तिलक सापकोटाले धुलो र धुवाँको सास्तीसँगै हरेक दिन ठुला सवारीसाधनले बिजुलीको तार, केबुल तार, सडक किनारको खानेपानी पाइपसमेत क्षति गर्ने गरेको बताउनुभयो ।
राजमार्गमा हिँड्ने सवारीसाधनले कच्ची सडक प्रयोग गर्दा चौबिसै घण्टा गुड्ने हजारौँ सवारीसाधनले उक्त क्षेत्र धुलोमय बन्दै गएको छ । सापकोटाले गुनासो गर्दै भन्नुभयो, “यस्तो गर्मी बढिरहेको छ । घरको झ्याल, ढोका खोल्दा धुवाँ, धुलो भित्र पस्छ, ढोका बन्द गर्दा गर्मीले हैरान हुन्छ । हामीले त निकै सास्ती भोग्नु परिरहेको छ ।
गङ्गानगरका बासिन्दा जमुना थापाले दुई सातादेखि सवारीसाधन आफूहरूको घरआँगनबाटै ओहोरदोहोर गर्दा धुलोले बस्न नसकिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “रातभरि ठुल्ठुला मालवाहक ट्रकले घर नै थर्काउने गरी गुड्ने गरेकाले निद्रा खलबलिने समस्या हुने गरेको छ । बालबच्चा सुत्न नपाउने परिस्थिति सिर्जना भएको छ ।” अहिले बुटवल–गोरुसिङ्गे सडक आयोजनाले वैकल्पिक सडक क्षेत्रमा बिहान र साँझ गरी दैनिक दुई पटक पानी छर्किने गरेको भए पनि छर्किएको पानी एकाध घण्टामा सुकेर फेरि धुवाँ उड्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
यो सडकखण्ड बढी घुमाउरो हुनाले पनि ठुला सवारीसाधनको घण्टौँ जामसमेत हुने गरेको छ । पर्सवालका स्थानीय रामप्रसाद पौडेलले सवारीसाधन धेरै चल्न थालेपछि उक्त सडकखण्डको धेरै भागमा खाल्डा परेकाले दुर्घटनाको जोखिम बढेको बताउनुभयो । बुटवल–गोरुसिङ्गे सडक आयोजनाले भने पुल मर्मतको काम जारी रहेको र अझै दुई सातासम्म लाग्ने जनाएको छ । घमाहा पुलनजिकैबाट बुटवल–गोरुसिङ्गे सडक आयोजनाले नयाँ पुल निर्माण गरिरहेको छ । अहिले पुलको जग निर्माणको काम सम्पन्न भइसकेको छ ।
आयोजनाले उक्त सडकको अतिरिक्त अर्को वैकल्पिक सडकसमेत रहेकाले उक्त सडकसमेत प्रयोग गर्न सकिने जनाएको छ । सैनामैना नगरपालिका–४, लुम्बिनी रोडको कुस्मा हुँदै बक्सडाँडा भएर सोही ठाउँको केही अगाडि कलौनी जोड्ने डाइभर्सन बनाइएको छ । पूर्वबाट पश्चिमतर्फ जाने ठुला गाडी पश्चिम नवलपरासीको भूमहीबाट परासी हुँदै भैरहवा, लुम्बिनी, तौलिहवा हुँदै गोरुसिङ्गे निस्कने वैकल्पिक सडकसमेत प्रयोगमा छ ।
- Gorkhapatra


खबर सबै
-
लायन्स क्लब अफ कपिलवस्तुद्वारा “शिव–तुलसा स्मृति छात्रवृत्ति” विद्यार्थीहरुलाई वितरण
-
जेठ १४ गते बकर ईद : सरकारले दियाे सार्वजनिक बिदा
-
दलित समुदायका याेजना निति तथा कार्यक्रममा नपरेकाे गुनासो
-
सैनामैना : वैकल्पिक सडकमा धुवाँ र धुलो
-
बाघको आहारा प्रजातिको गणना
-
बाणगंगा २ मा तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
-
सैनामैना : वैकल्पिक सडकमा धुवाँ र धुलो
-
बाघको आहारा प्रजातिको गणना
-
बाणगंगा २ मा तेस्रो “डि.वाई.सी कप” खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
-
रास्वपा कपिलवस्तुकाे अधिवेशन :केन्द्रबाटै सांसद र नेताहरुलाई दिइयाे जिम्मेवारी
-
बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान











प्रतिक्रिया