

राप्रपा नेता विक्रम पाण्डे सहित ११ जनालाई धरौटीमा छाड्न आदेश



सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को वेबसाइट नै ह्याक गरी ठेक्काको दर हेरफेर गरेको आरोपमा एक जना पुर्पक्षका लागि थुनामा गएका छन्।
न्यायाधीश चुरामन खड्काको इजलासले सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत कम्प्युट अपरेटर दिवाकर देउजालाई थुनामा पठाउन आदेश दिएको हो।
उनका सहयोगीका रूपमा भाष्करराज अर्यालसँग १० लाख धरौटी माग गरेको छ।
त्यसबाहेक राप्रपा नेता विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
प्रतिवादीहरू प्रकाश ढुंगाना ४ लाख, सञ्जय भट्ट १० लाख, जीवनकुमार दास ५ लाख, अमृत बोहरा ४ लाख, सागर कटुवाल ५ लाख, विक्रम पाण्डे ४ लाख, अनिल श्रेष्ठ ४ लाख धरौटी माग भएको हो।
त्यस्तै, टंककुमार श्रेष्ठ, स्वदेश पोखरेल र ऋषिकेश गौलीसँग ४-४ लाख माग भएको छ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया