

ओलीकाे कटाक्ष- प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न, सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुहुन्छ


काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले जनताको प्रश्नको सदनबाटै जवाफ दिनुपर्ने बताएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बीचमै उठेर गएको भन्दै असन्तुष्टि जनाइन्।
उनले प्रधानमन्त्रीले संसद्मा उठेका विषयमा जवाफ दिनुको सट्टा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिने गरेको आरोप लगाइन्।
उनले भनिन्, ‘सायद प्रधानमन्त्रीज्यूको सदनप्रति अनिच्छुक हुनुहुन्छ, त्यसैले सहभागिता दिइराख्नुभएको छैन। मलाई बोल्न दे सरकार भनेर आज उहाँलाई जनताले यो देशको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनाएको छ। त्यसको कदर होस्।’
संसद्मा देशभरका प्रतिनिधिहरूबाट महत्त्वपूर्ण सुझाव र विचार आउने भएकाले प्रधानमन्त्रीले छलफलमा सहभागी हुनुपर्ने बताइन्।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया