

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना



बर्दियामा यात्रुबाहक बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिज्ला प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए। विष्टका अनुसार ५ जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य छ।
काठमाडौंबाट धनगढी जाँदै गरेको ना ८ ख १९४९ नम्बरको बस बर्दियाको ठाकुर बाबा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा पौने १२ बजेतिर पल्टिएको थियो।
बर्दिया निकुञ्ज भित्रको सडक खण्डमा बस उत्तर–दक्षिण दिशामा पल्टिएको र त्यसले बाटो अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ।
बस पन्छाउने प्रयास जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई कैलालीस्थित लम्की अस्पतामा पुर्याएर उपचार हुँदैछ। बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया