
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना

बर्दियामा यात्रुबाहक बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिज्ला प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए। विष्टका अनुसार ५ जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य छ।
काठमाडौंबाट धनगढी जाँदै गरेको ना ८ ख १९४९ नम्बरको बस बर्दियाको ठाकुर बाबा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा पौने १२ बजेतिर पल्टिएको थियो।
बर्दिया निकुञ्ज भित्रको सडक खण्डमा बस उत्तर–दक्षिण दिशामा पल्टिएको र त्यसले बाटो अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ।
बस पन्छाउने प्रयास जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई कैलालीस्थित लम्की अस्पतामा पुर्याएर उपचार हुँदैछ। बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया