

आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार



आईसीसी एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र र सन्दीपले सुधार गरेका हुन् ।
घरेलु मैदानमा भर्खरै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा दीपेन्द्रले राम्रो प्रदर्शन गरेका थिए । एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्र १२ स्थान सुधार गर्दै ३१औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा सन्दीपले ७ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका छन् ।
यस्तै सन्दीप एकदिवसीय बलिङ वरीयतामा १५ स्थान सुधार गर्दै ४३औँ स्थानमा आइपुगेका छन् । एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका कुनै पनि खेलाडी शीर्ष १०० मा अटाउन सकेका छैनन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया