

स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते



पाल्पाको तिनाउ-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको स्कुटर दुर्घटना हुँदा २ युवतीले ज्यान गुमाएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक रुद्र गिरीका अनुसार ३ जना सवार स्कुटर आफै अनियन्त्रित भई सडकदेखि करिब २५/३० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरको राम पथ बस्ने १८ वर्षीया पूर्णिमा उचई मगर र कपिलवस्तु वाणगंगा नगरपालिका-९ भलवाडकी १९ वर्षीया निशा कुँवर रहेको प्रहरीले जनाएको छ ।
स्कुटर चालक वाणगंगा-९ कै २० वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् । उनीहरू लु ३५ प ५७६६ नम्बरको एउटै स्कुटरमा सवार थिए ।
मङ्गलवार साँझ करिब पौने सात बजे भएको दुर्घटनापछि उनीहरूलाई उद्धार गरी बेलबासकै एडमनसिटी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
दुर्घटनामा परेका २ युवतीलाई प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया