

रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ



दुई दिन गरेको विशेष स्वीप अप्रेसनबाट रुपन्देही प्रहरीले १८६ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार र आइतबार जिल्लाका विभिन्न स्थानमा गरिएको स्वीप अप्रेसनबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाका अनुसार शनिवार १०३ र आइतबार ८३ जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
उनीहरूले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको पाइएपछि नियन्त्रणमा लिइएको डिएसपी सापकोटाले बताए।
शनिवार र आइतबार साँझ दुई घण्टा सञ्चालन गरिएको स्वीप अप्रेसनबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्वीप अप्रेसन अन्तर्गत विभिन्न स्थानमा चेकजाँच गरिएको थियो।
प्रहरीले पक्राउ परेकाहरूले विभिन्न स्थानहरूमा शान्ति सुरक्षामा खलल पुर्याएको दाबी गरेको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको आपराधिक गतिविधि सम्बन्धमा थप अनुसन्धान गरिरहेको र अनुसन्धानपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने डिएसपी सापकोटाले बताए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया