

मुटुका बिरामीलाई ग्यालेक्सी यूथ क्लबको ७२ हजारभन्दा बढी सहयोग


मुटु सम्बन्धी रोगबाट पीडित सिता पाध्य (आचार्य) को उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्यालेक्सी यूथ क्लबले रु. ७२ हजार ५५० आर्थिक सहयोग प्रदान गरेको छ।
हाल काठमाडौंमा उपचाररत सिताको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र पारिवारिक आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि क्लबले सहयोग अभियान सञ्चालन गरेको थियो। विभिन्न सहयोगी मनहरूबाट संकलित रकम एकमुष्ट रूपमा बिरामीको उपचारका लागि हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
क्लबका अनुसार मानवीय सेवाभावका साथ गरिएको यस सहयोगले उपचारमा केही राहत पुग्ने विश्वास लिइएको छ। साथै, क्लबले सहयोग अभियानमा साथ दिने सम्पूर्ण दाताहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
ग्यालेक्सी यूथ क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय तथा सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया