

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराइयो,६८ परिवारको लगत संकलन



नदी किनारामा सार्वजनिक तथा सरकारी जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती खाली गराइ सकिएको छ । यस्ता अनधिकृत वस्ती खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो ।
यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले घर टहरा खाली गराउनुभयो । यो क्रम शनिवार विहानसम्म पनि जारी रहेकोले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरिएको थियो । करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो ।
थापाथलीका संरचना खाली गरिसकेपछि मध्यान्नपछि गैरीगाउँका संरचना हटाउन थालिएको थियो ।
यस क्रममा घरबारविहीन तथा भूमिहीन व्यक्तिहरुलाई दशरथ रंगशालामा ल्याएर तथ्याङ्क संकलन भइरहेको छ । अहिले साँझ ०५ः५० बजेसम्ममा ६८ परिवारको लगत संकलन भइसकेको छ । उहाँहरुमध्ये ३४ परिवारलाई सुन्दरीघाट स्थित राधास्वामी सत्संग आश्रममा पठाइसकिएको छ ।
लगत संकलनसँगै १८ जनालाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया