

विश्वकप लिग –२: नेपाल ३७ रनले विजयी



आइसिसी क्रिकेट विश्वकप लिग –२ मा घरेलु टोली नेपाल ३७ रनले विजयी भएको छ । २०१ रनको लक्ष्य सहित जवाफि ब्याटीङ गरेको युएइ ४८ दशमलव २ ओभरमा अल आउट हुदै १६३ रनमा समेटियो ।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेका करण केसीले १९ रन खर्चेर ४ विकेट लिए । त्यसैगरी सोमपाल कामी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा ४८.२ ओभरमा १० विकेट गुमाउँदै २०० रन बनाएको थियो ।
नेपालका लागी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ओपनर कुशल भुर्तेलले २४ रन जोडे । यूएईका अजय कुमार र जुनैद सिद्धिकीले ३/३ विकेट लिए । तालिकामा घरेलु टोली १४ अंकका साथ सातौँ स्थानमा छ ।
पराजित युएई भने १० अंक सहित ८ औ स्थानमा छ । नेपालले २१ खेल खेल्दा ६ जित र १३ हार व्यहोरेको छ । अव लिग-२ मा नेपालले यहि १६ गते ओमान विरुद्ध खेल्नेछ ।
यसैगरी बैशाख १८ गते युएईविरुद्ध दोस्रो खेल खेल्दा बैशाख २२ गते ओमानविरुद्ध पनि दोस्रो खेल खेल्नेछ । लिग चरणका खेल सकिए पछि शीर्ष दुई टोलीबीच उपाधिका लागि फाइनल हुनेछ ।।


खबर सबै
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
तिनाउको बाढीले छ घर बगे
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया