

कपिलवस्तुसहित देशभर डढेलोकाे असर, वातावरण समेत बन्याे प्रदूषित



केहि दिन यताको चर्काे गर्मी, दिनभरको हावाहुरी तथा सुख्खा मौसमका कारण कपिलवस्तुसहित देशभर डढेलोको सङ्ख्या पनि बृद्धि भएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन तथा पहिचान प्रणालीको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशका १५९ ठाउँका वनमा डढेलो देखिएको हो । वनमा लागेको डढेलोका कारण वायुमण्डल धुवाँले भरिएको छ भने वातावरण प्रदूषित समेत भएको छ ।
धेरैजसो डढेलो तराई क्षेत्रमा देखिएको हो । कपिलवस्तु जिल्लामा १४ स्थानमा वन डढेलो देखिएको तथ्याङ्क छ भने देशका विभिन्न स्थानहरु चितवन, दाङ, पर्सा, नवलपुर, सल्यान, अर्घाखाँची लगाएतका स्थानमा पनि डढेलो देखिएको छ ।
अघिल्लो हप्तासम्म वन डढेलो निकै कम देखिएकोमा यो हप्ता देशका ४२९ ठाउँमा डढेलो पहिचान भइसकेको विभागले जनाएको छ ।
डढेलोसँगै वायु प्रदुषण पनि बढेको छ । वातावरण विभागको प्रदूषण मापन केन्द्रहरूको विवरण अनुसार अहिले धेरैजसो ठाउँमा वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ ।
अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई १७० आसपासमा छ । एक्यूआई १५० भन्दा माथि पुगेमा त्यहाँको हावा सबै वर्गका लागि अस्वस्थ मानिन्छ ।



खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया