

कपिलवस्तुसहित देशभर डढेलोकाे असर, वातावरण समेत बन्याे प्रदूषित




केहि दिन यताको चर्काे गर्मी, दिनभरको हावाहुरी तथा सुख्खा मौसमका कारण कपिलवस्तुसहित देशभर डढेलोको सङ्ख्या पनि बृद्धि भएको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन तथा पहिचान प्रणालीको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशका १५९ ठाउँका वनमा डढेलो देखिएको हो । वनमा लागेको डढेलोका कारण वायुमण्डल धुवाँले भरिएको छ भने वातावरण प्रदूषित समेत भएको छ ।
धेरैजसो डढेलो तराई क्षेत्रमा देखिएको हो । कपिलवस्तु जिल्लामा १४ स्थानमा वन डढेलो देखिएको तथ्याङ्क छ भने देशका विभिन्न स्थानहरु चितवन, दाङ, पर्सा, नवलपुर, सल्यान, अर्घाखाँची लगाएतका स्थानमा पनि डढेलो देखिएको छ ।
अघिल्लो हप्तासम्म वन डढेलो निकै कम देखिएकोमा यो हप्ता देशका ४२९ ठाउँमा डढेलो पहिचान भइसकेको विभागले जनाएको छ ।
डढेलोसँगै वायु प्रदुषण पनि बढेको छ । वातावरण विभागको प्रदूषण मापन केन्द्रहरूको विवरण अनुसार अहिले धेरैजसो ठाउँमा वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ ।
अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई १७० आसपासमा छ । एक्यूआई १५० भन्दा माथि पुगेमा त्यहाँको हावा सबै वर्गका लागि अस्वस्थ मानिन्छ ।



खबर सबै
-
सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा
-
गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखहरुलाई बोलाए छलफलमा
-
कपिलवस्तुबाट ठूलो परिमाणमा लागुऔषध ‘चरेस’सहित ४ जना पक्राउ
-
वाणगंगा नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
-
भलवाडमा मानसिक स्वास्थ्य शिविर, १०७ जनाले सेवा लिए
-
रेविजविरुद्धको खोप अभाव हुँदा बिरामी सेवाबाट बञ्चित
-
वाणगंगा नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
-
भलवाडमा मानसिक स्वास्थ्य शिविर, १०७ जनाले सेवा लिए
-
रेविजविरुद्धको खोप अभाव हुँदा बिरामी सेवाबाट बञ्चित
-
सरकारको विज्ञापन नीतिविरुद्ध महासंघ आन्दोलनमा
-
करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव, बुटवल महानगर बन्ने
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानः लुम्बिनी प्रदेशमै अब्बल नतिजा, एच.ए, ल्याब र फार्मेसीमा उत्कृष्ट











प्रतिक्रिया