

भलवाडमा मानसिक स्वास्थ्य शिविर, १०७ जनाले सेवा लिए



शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर असिम रेग्मी र पिपरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिबा कोटीले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
बाबुराम रायमाझी | बाणगंगा नगरपालिका–९ भलवाडस्थित स्वास्थ्य चौकीमा एकदिने मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरबाट १०७ जनाले स्वास्थ्य सेवा लिएका थिए ।
मानसिक स्वास्थ्यसम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न उमेर समूहका स्थानीय बासिन्दाहरूले सहभागिता जनाएका थिए। शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर असिम रेग्मी र पिपरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिबा कोटीले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
कार्यक्रममा वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल तथा मोतिपुर स्वास्थ्य संस्थाका प्रमुख हिमलाल घिमिरेलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
भलवाड स्वास्थ्य चौकीका प्रमुख जित विकास रायमाझीको सहजीकरणमा सम्पन्न शिविरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो।
महिला स्वास्थ स्वयंसेविकाहरूले स्थानीय समुदायमा सूचना प्रवाह, बिरामीको व्यवस्थापन तथा सेवाग्राहीलाई सहजीकरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।शिविरमा आएका सेवाग्राहीहरूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या खुलेर राख्दै परामर्श लिन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस्ता कार्यक्रमले मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउन तथा समयमै उपचारमा पहुँच विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
स्थानीय तहले आगामी दिनमा पनि यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


खबर सबै
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : प्रधानमन्त्री शाह
-
मौसम पूर्वानुमान महाशाखाले भन्यो- असोज १७ देखि भीषण वर्षा हुन्छ भन्ने हल्ला भ्रामक
-
तिनाउको बाढीले छ घर बगे
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया