

प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन



प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षकाे उमेरमा आज निधन भएको छ ।
आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिने भोसलेको मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । हृदयघात भएपछि हिजो उनलाई अस्पताल भर्ना गरिएको थियो ।
आशा भोसले अर्की चर्चित गायिका लता मङ्गेशकरकी बहिनी हुन् । सन् १९३३ मा मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन शुरू गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो चलचित्र गीत रेकर्ड गरेकी थिइन् । झन्डै तीन दशमसम्म उनी धेरैजसो सङ्गीतकारहरूको रोजाइको गायिका बनिन् ।
आशा भोसलले २० वटा भाषामा १२ हजारभन्दा धेरै गीत गाएकी छिन् । उनका ‘चुरालिया है तुम ने जो दिलको’, ‘दिल चीज क्या है’, ‘दम मारो दम’, ‘ए मेरा दिल’, ‘जवानी जाने मन’, ‘रङ्गीला रे’ लगायत थुप्रै गीतहरू चर्चित छन् ।
भोसलेले ‘गैरी खेतकाे शिरै हान्याे’, ‘मोहनी लाग्ला है’, ‘वसन्त नै बस्न खाेज्छ’, यहाँ ‘पहाडको माथिमाथि’, ‘दियो बाली साँझ को’, ‘तिमी मेरो म तिम्रो’ लगायतका नेपाली गीतहरू पनि गाएकी छिन् ।


खबर सबै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी






प्रतिक्रिया