

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको रोमाञ्चक जित



गुजरात टाईटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा गुजरात एक रनले विजयी भएको हो ।
यो जितसँगै गुजरातले प्रतियोगितामा जितको खाता खोलेको छ । जितसँगै दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।
बुधबार भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा गुजरातले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो ।
दिल्लीविरुद्ध गुजरातका राशिद खानले तीन विकेट लिए । प्रसिद्ध कृष्णाले दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए ।दिल्लीका निम्ति केएल राहुलले सर्वाधिक ९२ रन बनाए । ५२ बल खेलेका राहुलले ११ चौका र चार छक्का प्रहार गरे ।
उनले पहिलो विकेटको निम्ति ओपनर पथुम निशांकासँग ७६ रनको साझेदारी गरेका थिए ।
ओपनर पथुम निशांका र डेविड मिलरले समान ४१ रन बनाउँदा विपरान निगमले १२ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको गुजरातले दिल्लीविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर २१० रनको योगफल खडा गरेको थियो ।
गुजरातका निम्ति कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । गिलले ४५ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । उनले तेस्रो विकेटको निम्ति वासिंगटन सुन्दरसँग १०४ रनको शतकीय साझोदारी गरेका थिए ।
वासिंगटन सुन्दरले ५५ रनको अर्धशतकीय इनिङ खेले । सुन्दरले ३२ बलमा ६ चौका र दुई छक्का प्रहार गरे ।
गुजरातको निम्ति जस बटलरले तेस्रो अर्धकतक प्रहार गरे । ५२ रनको अर्धशतकीय इनिङ खेलेका बटलरले २७ बलमा तीन चौका र पाँच छक्का प्रहार गरेका थिए ।
ग्लेन फिलिप्सले १४ र ओपनर साई सुर्दशनले १२ रन बनाए ।
दिल्लीका मुकेश कुमारले दुई विकेट लिए भने लुगिं एनगिडी र कुलदीप यादवले समान एक विकेट लिए ।
दिल्लीले भने प्रतियोगिताको पहिलो हार व्यहोरेको छ । दिल्लीले तीन खेल खेल्दा दुई जित र एक हारसिहित चार अंक जोडेको छ ।


खबर सबै
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो






प्रतिक्रिया