

आईसीसी विश्वकप लिग-२ को दुई शृङ्खलाको मिति घोषणा, नेपालको खेल कहिले ?



नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग-२ को खेल आगामी वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म काठमाडौंमा हुने भएको छ ।
साथै वैशाख २९ गतेदेखि जेठ ८ गते (मे १२ देखि २२) सम्म अर्को खेल पनि तय गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मंगलबार उक्त मिति घोषणा गरेको हो । नयाँ तालिकाअनुसार, स्थगित रहेको नेपाल यूएई र ओमान सम्मिलित खेल वैशाखमा हुनेछ । यो खेल १२ गते सुरु हुनेछ । जसअनुसार, नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग हुनेछ ।
एक टोलीसँग २/२ खेल खेल्ने तालिकाअनुसार नेपालले तेस्रो खेल यूएईसँग वैशाख १८ गते र चौथो खेल ओमानसँग वैशाख २२ मा खेल्नेछ ।
कार्यतालिका अनुसार, नेपाल, ओमान र यूएईबीचको सिरिज गत २६ फागुनदेखि ६ चैतसम्म कीर्तिपुरमा हुनुपर्ने थियो । तर, क्यानले मध्यपूर्वी एसियाको तनावपूर्ण स्थितिलाई मध्यनजर गरी विश्वकप लिग–२ का खेल अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको थियो ।
पहिलो शृङ्खला सकिएलगत्तै अर्को साता नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग-२ को खेल हुनेछ ।
जसमा तालिकाअनुसार, नेपालले स्कटल्यान्डसँग वैशाख २९ मा, अमेरिकासँग जेठ २ गते खेल्नेछ भने जेठ ४ गते स्कटल्यान्ड र जेठ ८ गते अन्तिम खेल अमेरिकासँग खेल्नेछ ।




खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया