भुवनेश्वर पौडेलको अध्यक्षतामा शुद्धोदन मा.वि जिनुवामा नयाँ व्यवस्थापन समिति चयन

भलवाड : करिब १० महिना रिक्त रहेको शुद्धोदन जनजीवन माध्यमिक विद्यालयले नयाँ व्यवस्थापन समिति चयन गरेको छ । आज बिहिवार भएको व्यवस्थापन समिति गठन प्रयोजनका लागि आयोजित अभिभावक भेलाबाट भुवनेश्वर पौडेलको अध्यक्षतामा ६ सदस्यीय नयाँ व्यवस्थापन समिति चयन भएको हो ।

सदस्यहरुमा हरि बहादुर खनाल, दाेर्ण प्रसाद आचार्य, कलावती थापा, मेनका भु्साल थारु र लक्ष्मी खनाल व्यवस्थापन समितिको सदस्यमा सर्वसहमत चयन भएका हु्न् । यस्तै भेलाले विष्णु बेल्वासेको संयोजत्वमा निलम गुप्ता सहितको शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।

नवनिर्विचित विद्यालय व्यवस्थापन समितिलाई वडाध्यक्ष कमल पौडेल, समाजसेवी नारायण खनाल, दिपक थापा, भलवाड सामुदायिक सिकाई केन्दू्रका अध्यक्ष दिपक कुवँर सहित सामुदायिक बनका अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय सरोकारवालाहरूले नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

आयोजित भेला वाणगंगा नगरपालिका शिक्षा, यु्वा तथा खेलकुद शाखा प्रमुख रोशन घिमिरेको अध्यक्षता, वाणगंगा ९ का वडाध्यक्ष कमल पौडेलको प्रमुख आथितियता तथा विद्यालयका प्रधानध्यापक कौलेश्वर मिश्रको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका शिक्षक विमला भट्टराईको सञ्चालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया

खबर सबै