

आईपीएल : राजस्थानको विजयी सुरुआत, पहिलो खेलमा चेन्नाई आठ विकेटले पराजित





इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पाँचपटकका विजेता चेन्नाई सुपर किंग्सले खराज सुरुआत गरेको छ ।
सोमबार चेन्नाईले आईपीएलको पहिलो खेलमा राजस्थान रोयल्ससँग आठ विकेटको हार व्यहोरेको हो । भारतको गुवातीस्थित वार्सपारा क्रिकेट रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १२८ रनको कमजोर लक्ष्य राजस्थानले १२.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा ओपनर वैभव सूर्यवंशीले ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ५२ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । पहिलो विकेटको निम्ति उनले ओपनर याशास्वी जैशवालसँग ७५ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ओपनर जैशवालले ३८ रन जोडे । धुव्र जुरेलले १८ र कप्तान रियान पारागले १४ रन बनाए ।
चेन्नाईका निम्ति दुवै विकेट अन्सुल कम्बोजले लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले राजस्थानविरुद्ध निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर .१२७ रनको योगफल खडा गरेको थियो ।
छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका जेमि ओभर्टनले सर्वाधिक ४३ रन बनाए । ओभर्टनले ३६ बलमा समान दुई चौका र छक्का प्रहार गरे । कार्तिक शर्माले १८ रन जोडे । शरफराज खानले १७ रन बनाए ।
शीर्षक्रम चल्ननसक्दा सञ्जु सामसन, शिभम दुवे र कप्तान रुतुराज गायक्वाडले समान ६ रन जोडे । आयुष मेहत्रा डक आउट भए । म्याथ्यु शर्ट दुई रन बनाएर पभेलियन फर्किए । अन्सुल कम्बोजले सात, म्याट हेनरीले पाँच र नुर अहमदले एक रन बनाए ।
राजस्थानका जोफ्रा आर्चर, नन्द्रे बरगर र रविन्द्र जाडेजाले समान दुई विकेट लिए । व्रजेश शर्मा र रवि विशोनीले समान एक विकेट लिए ।
यो जितसँगै राजस्थानले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । राजस्थानले पहिलो खेलमै जित हासिल गर्दै तालिकामा दुई अंक जोडेको छ । पराजित चेन्नाईले भने हारसँगै प्रतियोगितामा खराब सुरुआत गरेको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया