गुल्मीमा जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु

गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक दृष्टिविहीन महिलाको मृत्यु भएको छ।

जिल्लाको चन्द्रकोट गाउँपालिका-४ रिपास्थित शान्तिपुर-चन्द्रकोट भित्री सडक खण्डमा शनिबारबार साँझ करिब ६:४० बजे चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेको लु१ज १८३४ नम्बरको सफारी जिपले पैदलयात्री तुलसी थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

चन्द्रकोट–४ कै करिब ५५ वर्षीया थापा दृष्टिविहीन रहेको र बाटो क्रस गर्ने क्रममा जिपले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी थापाको अनुहार र बाँया खुट्टामा चोट लागेको थियो ।

उनलाई तत्काल सीएनसी मेडिकल शान्तिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको थियो । तर, राति करिब ११:१० बजे अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

खबर सबै