

एमालेको प्रदर्शनलाई लक्षित गर्दै देशभर प्रहरी ‘स्ट्याण्डबाई’



काठमाडौं । नेकपा एमालेले गर्ने प्रदर्शनलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले देशभरका प्रहरी कर्मचारीलाई बिहान ८ बजेदेखि ‘स्ट्याण्डबाई ड्युटी’ मा राखेको छ । सशस्त्र प्रहरी बलको गस्ती पनि बढाइने भएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा एमालेले शनिबार बिहानैदेखि प्रदर्शन गर्दै आएको छ । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा शनिबार बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
एमालेले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । यही सन्दर्भमा निषेधित क्षेत्र, संवेदनशील भवन तथा विशिष्ट व्यक्तिहरूको सुरक्षालाई ध्यानमा राख्दै केन्द्रीय प्रहरीले देशभरका युनिटलाई शनिबार राति नै सतर्क रहन निर्देशन दिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सुरक्षा व्यवस्थापन प्रहरीको नियमित जिम्मेवारी भएकाले त्यसका लागि छुट्टै आदेश आवश्यक नपर्ने बताए । यद्यपि, परिस्थितिको गम्भीरता हेरेर सम्बन्धित कमाण्डरको आदेशबमोजिम आवश्यक परिचालन गरिने उनले जानकारी दिए ।
उनका अनुसार देशभर अत्यावश्यक अवस्थाबाहेक प्रहरी कर्मचारीलाई बिदा नछाड्न र सबै गण, गुल्म तथा तालिम केन्द्रको जनशक्ति पनि परिचालनका लागि तयारी अवस्थामा राख्न भनिएको छ ।
काठमाडौंमा भने निषेधित क्षेत्र तथा महत्त्वपूर्ण स्थानहरूमा बिहान ८ बजेदेखि थप मद्दत टोलीसहित प्रहरी परिचालन गरिने भएको छ । प्रहरी स्रोतका अनुसार भिड नियन्त्रणका लागि आवश्यक सबै सुरक्षा बन्दोबस्ती तयारी अवस्थामा राखिएको छ ।


खबर सबै
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक






प्रतिक्रिया