

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।
उक्त घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
शुक्रबार बिहानसम्म ब्रेन्ट क्रुडको मूल्य १.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९३.०७ डलरमा कारोबार भएको छ। त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएट को मूल्य १.८ प्रतिशतले घटेर प्रति ब्यारेल १०६.१२ डलरमा झरेको छ।
यसअघि इरानसँगको द्वन्द्व चर्किने चिन्ताका कारण तेलको मूल्य तीव्र रूपमा बढेको थियो। शुक्रबारको गिरावटले अघिल्लो दिनको मूल्य वृद्धिलाई आंशिक रूपमा मात्रै समेटेको विश्लेषण गरिएको छ, किनकि द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म जारी रहने आशंका अझै कायमै छ।
युद्ध सुरु भएयता ब्रेन्ट क्रुडको मूल्य करिब ५० प्रतिशतले बढेको छ भने डब्लुटीआई करिब ४० प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया