

बालेन रास्वपाको संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो





काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रुपमा संसदीय दलको चयन गरेसँगै उनको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । रास्वपा सभापति रवि लामिछानेको प्रस्तावमा रवि संसदीय दलको नेता चुनिएसँगै उनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको छ ।
निश्चित राजनीतिक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्थे । तर, यस पटक प्रतिनिधिसभामा करिब दुई तिहाइ संख्यामा रास्वपाको उपस्थिति भएपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुपर्ने अवस्था नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अब रास्वपाले संसदीय दलको नेता चयन भएको विषय लिखित रूपमा राष्ट्रपति कार्यालयमा जानकारी गराएपछि उक्त दलको नेता स्वतः प्रधानमन्त्री नियुक्त हुनेछन् । ‘उहाँहरूले अहिले, राति वा बिहान कहिले पत्र ल्याउनु हुन्छ, पत्र आएपछि त्यसअनुसार प्रधानमन्त्री नियुक्त हुने हो’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
रास्वपाले राष्ट्रपति कार्यालयलाई पठाउने पत्रमा नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम आफ्नो संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने ब्यहोरा खुलाउनु पर्छ । त्यस्तो पत्र प्राप्त हुना साथ राष्ट्रपतिले उक्त दलका संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भएका हुन् ।
यसअघि नै भोलि १३ गते शुक्रवार दिउँसो १२ बजेपछि नव नियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी शुरु भइसकेको थियो । निम्तालुहरूलाई १२ बजे अगावै उपस्थितिका लागि राष्ट्रपति कार्यालयले खबर गरिसकेको जनाइएको छ । शपथ ग्रहण समारोहमा संवैधानिक अंगका प्रमुख, पूर्व प्रधानमन्त्रीहरु, नेपाल सरकारका विशिष्ट र प्रथम श्रेणीका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा गरिने प्रचलन छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया